विपन्न परिवारलाई खाद्यान्न लिएर कालीकोट पुगे नायक पल शाह ! (तस्बिरसहित)
नेपालखोज
२०७८ असार ४ गते १३:५२

काठमाडौं । पछिल्लो समयका निकै व्यस्त नायक पल शाह सामाजिक कार्यमा सक्रिय छन् । नायक शाह पछिल्लो समय निरन्तर समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
अहिले उनी राहत सामग्री लिएर कालीकोट पुगेका छन् । रास्कोट नगरपालिकाको वडा ७ का विपन्न ३६ परिवारका लागि खाद्यान्न सहयोग गर्न उनी कालीकोट पुगेका हुन् । उनले राहत सामग्री वडाध्यक्ष अदलसिंह महतारालाई हस्तान्तरण गरेका छन् ।
राहत सामग्री हस्तान्तरण गरेको फोटो फेसबुकमा राख्दै उनले हङ्कङबाट यो सहयोग गर्ने सुनील मादेन लिम्बूलाई धन्यवादसमेत दिएका छन् ।
नायक शाहले राहत सामग्री हस्तान्तरण गर्दै गर्दाका थप तस्बिर उनकै फेसबुकबाट लिइएका हुन् ।



अभिनेता पल शाह राहत बाँड्न कालीकोटमा (फोटो फिचर)
सम्बन्धित
प्रतिक्रिया