आइतबार, वैशाख ७, २०८२

चाइना मोबाइलले नेपालमा १ खर्ब १८ अर्ब लगानीमा मोबाइल डेटा नेटवर्क बनाउँदै

नेपालखोज २०७८ असार ८ गते १०:२९

काठमाडौं । चाइना मोबाइलले नेपालमा एक अर्ब अमेरिकी डलर अर्थात करिब एक खर्ब १८ अर्ब २७ करोड रुपैयाँ लगानीमा मोबाइल डेटा नेटवर्क बनाउने भएको छ ।

युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (अङट्याड) ले सोमबार सार्वजनिक गरेको वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१ मा चाइना मोबाइलको उक्त परियोजना उल्लेख गरिएको हो ।

प्रतिवेदन अनुसार चीनको एकल कम्पनीले नै भारी मात्रामा लगानी नेपाल भित्र्याउन सुरु गरिसकेको उल्लेख छ । तर नेपाल सरकारका सम्बन्धित निकायहरुमा यो लगानीको विषयमा कुनै प्रक्रिया वा छलफल भने अगाडि नबढेको बुझिएको छ ।

उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले लगानीको योजना बनाएर प्रस्ताव ल्याउन बाँकी रहेको हुनसक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया