२७ अंकले नेप्से बढ्दा सात अर्ब १६ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से २८ सय अंकबाट माथि चढेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से २७ दशमलव ३८ अंकले बढेर २८ सय ७० दशमलव ३८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७६ अंकले बढेर पाँच सय २९ दशमलव ४१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय २७ कम्पनीको ८२ हजार ५५ पटकको कारोबारमा दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब १६ करोड ७४ लाख ३२ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहको सूचक घटेर सात वटा समूहको सूचक बढेका छन् । जसमध्ये आज वाणिज्य बैंक समूहको सूचक ३८ दशमलव २६ अंकले बढेर १९ सय ४३ दशमलव ४८ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि ७६ दशमलव ८१ अंकले बढेर दुई हजार नौ सय ५६ दशमलव दुई अंकमा चढेकोे छ ।
यीबाहेक ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने ४० दशमलव ५१ अंकले घटेर १४ हजार चार सय १७ दशमलव १७ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि १२ दशमलव ९६ अंकले घटेर १७ हजार तीन सय ११ अंकमा झरेको छ ।
यीबाहेक होटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहको सूचक पनि घटेका छन् । नेप्सेमा आज सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर दुुई सय ९८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा गोर्खाज फाइनानसको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ३७ प्रतिशतले घटेर ११ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय ४० रुपैयाँ अन्तिम मूल्यमा एकै दिन ४० करोड ७० लाख २५ हजार सात सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । आज कारोबार भएका कुल कम्पनीहरू मध्ये नेशनल हाईड्रो पावर कम्पनीको यो कारोबार रकम सबैभन्दा बढी हो ।
प्रतिक्रिया