बुधबार, वैशाख १०, २०८२

पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

नेपालखोज २०७८ असार १५ गते ९:५४

पर्सा । पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला एक महिलासहित तीन जनाको मृत्यु भएको हो । एक जना घाइते पनि भएका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउन गएका बेला परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाए छ । पटेर्वासुगौली ४ स्थित पथलवाघाटतिर मंगलबार बिहान भैंसी चराउन गएका बेला खसेको चट्याङले लागेर रुस्लानको पनि घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै भैंसी चराउन गएका राजवली गदी, चट्याङ लागेर गम्भीर घाइते भएका छन् ।

घाइते राजवलीलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

त्यस्तै खेतमा धान रोप्न गएका बेला चङटयाङ लागेर पर्साकै जीराभवानी गाउँपालिका–३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया