चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना दिवसमा योगेश भट्टराईको प्रश्न

काठमाडौं । विघटित प्रतिनिधि सभाका सदस्य एवं नेकपा (एमाले)का युवा नेता योगेश भट्टराईले नेपालमा कम्युनिस्ट पार्टी किन बारम्बार विभाजित हुन्छ भन्नेबारे समीक्षा गरिनु पर्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
सन् १९२१ जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । विश्वको शक्ति सन्तुलनमा प्रभाव पार्ने १९१७ को रसियन क्रान्ति र १९४९ को चिनिया क्रान्ति दुबै कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका थिए । जनमुक्ति र राष्ट्रिय मुक्ति दुबै क्रान्तिको अगुवाई गरेको चिनिया कम्युनिस्ट पार्टीले विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको विशाल राष्ट्र चिनमा चिनियाँ विशेषताको समाजवाद निर्माणमा नयाँ प्रयोग र अनुभवका साथ अघि बढिरहेको छ । यसक्रममा भट्टराईले चीनभन्दा जेठो सोभियत समाजवाद किन असफल भयो ? विश्वको दोश्रो जनसंख्या भएको भारतमा चिनभन्दा थोरै कान्छो भारतीय कम्युनिस्ट पार्टीको (१९२५ डिसेम्बर २६ मा भाजपा स्थापना भएको थियो) अवस्था आज कस्तो छ् ? चिनभन्दा २८ बर्ष कान्छो नेपाल कम्युनिस्ट पार्टीले (१९४९ अप्रिल २२ मा नेकपा स्थापना भएको थियो) शान्तिपूर्ण प्रतिस्पर्धामा श्रेष्ठता हासिल त गरेको छ तर किन पटक पटक विभाजनको पिडा खप्नु परेको छ ? समीक्षाका बिषय हुन् । भट्टराईले भनेका छन् ‘आज २०२१ जुलाई १ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एकसय बर्ष पुरा भएको छ । यस अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनतामा हार्दिक शुभकामना ! भट्टराईले बिबाद रहित र हिमाल र नदीले जोडेको, कला, सास्कृतिक र व्यापारबाट फैलिएको नेपाल–चीन सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने बिश्वाससमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया