विचारको रंग
विमल वैद्य
२०७८ असार १९ गते ८:००

विचारको रंग
किन यति फिक्का लाग्न थाल्यो !
पानी जस्तै
कुनै रंग मान्न नसकिने
जहाँ मिसियो
उस्तै देखिने
कुनै आकार ठान्न नसकिने
पातमा टल्किएको शीत
प्रभातको स्पर्शमा
फुङ्ग उडे जस्तै
विचार अडिन सकेन जीवनमा,
खै कसरी बाँच्न सक्छ उ
बाँकी जीवन
खण्ड/खण्ड भोगेर
भाँडिएको विचार बोकेर!
सधैं/सधैं आफैंलाई ढाँटेर
र आफैसँग भागेर ।
सम्बन्धित
प्रतिक्रिया