रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु
नेपालखोज
२०७६ माघ ७ गते १२:५७
७ माघ, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । जसमा ४ पुरुष र ४ महिला रहेका छन् ।
आज विहान (मंगलबार) उनीहरू होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले खबर गरेका थिए । उनीहरूलाई हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकाश तामाङले बताए । उनले भने, ‘यहाँबाट हेम्स अस्पतालमा पठाइएको थियो ।’
अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ । पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।’
मृत्यु हुनेको सनाखत भइसकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया