दलबलसहित मेलम्ची पुगे ओली (फोटो फिचर)

मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्बाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताएका छन् । गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन पश्चात स्थानिय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
बाढी पहिरोले खोला किनारका वस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई नै सधै बिग्राने बताउँदै प्रधानमन्त्रीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधक खालका संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने विचार प्रधानमन्त्रीको थियो ।
साथै प्रधानमन्त्रीले अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरुमा विकास गर्न सकिन धारणा समेत राखे ।
प्रधानमन्त्री सो भ्रमणका क्रममा राहत रकमका साथै ३ सय ६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र, त्योसँगै ५० हजार रुपैया पनि तत्काल उपलब्ध गराइन बताए ।









सबै तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
प्रतिक्रिया