नेपाली बजारमा रियलमी ७ र सी १२ को मूल्य घट्यो
नेपालखोज
२०७८ असार २७ गते १४:४१

काठमाडौं । नेपाली बजारमा रियलमी ७ र सी १२ को मूल्य घटेको छ । शनिबारदेखि लागू हुने गरी कम्पनीले यी मोडलको मूल्य घटाएको हो । अब रियलमी ७ को मूल्य ३२ हजार ९९० निर्धारण गरिएको छ, जसमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज छ ।
त्यस्तै, रियलमी सी १२ को मूल्य १४ हजार ९९० निर्धारण गरिएको छ, जसमा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा कम्पनीका स्मार्टफोन उपलब्ध छ ।
सम्बन्धित
प्रतिक्रिया