आइतबार, वैशाख ७, २०८२

ई-सेवाबाट गरिने सम्पूर्ण बैंक ट्रान्सफर असार मसान्तसम्म निःशुल्क

नेपालखोज २०७८ असार २७ गते १५:२८

काठमाडौं । ई-सेवाले आफ्नो प्लेटफर्ममा बैंकमा ट्रान्सफर सेवालाई निःशुल्क गरेको छ । नेपालको सबैभन्दा ठूलो र लोकप्रिय भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाले असार मसान्तसम्मका लागि सबै बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने बनाएको हो ।

आर्थिक वर्षको अन्त्यसँगै कतिपय राजस्व भुक्तानी तथा किस्ता रकम चुक्ता गर्नुपर्ने म्याद सकिँदैछ । यसलाई सहजीकरण गर्न ई-सेवाले बैंक ट्रान्सफर निःशुल्क गरेको हो ।

ई-सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले नेपाल राष्ट्र बैंकको नियमअनुसार निश्चित सीमाभित्र रहेर वालेटबाट गरिने सम्पूर्ण रकम ट्रान्सफर निःशुल्क गरिएको बताए । साउन १ गते पछि भने नियमित शुल्क लागु हुने लामिछानेले बताए ।

प्रतिक्रिया