बिहीबार, वैशाख ११, २०८२

‘ओम नमः शिवाय’ जप गर्नुहोस् भोलेनाथ सदैव तपाईंको साथमा !

नेपालखोज २०७८ साउन १ गते ५:२६

आज सोमबार देवाधिदेव महादेवको आशिर्वाद पाउने पवित्र दिन । आज महादेवको आराधना गरेमा कैलाशपतिले हाम्रा सवै कामनाहरु पुरा गर्नुहुनेछ ।

सोमबार शिवको मन्दिरमा गएर ‘अर्धनारीश्वरको’ पुजा गर्नुपर्दछ । ‘ऊँ नमः शिवाय’ मन्त्र जप्दै भगवान भोलेनाथको स्मरण गर्नुपर्छ । सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा भगवान प्रसन्न भई मागेको वर दिनुहुन्छ । भगवान भोलेनाथलाई स्मरण गर्न ‘ऊँ नमः शिवाय । जय महाकाल । जय श्मसान अघोर’ को मन्त्र उच्चारण गर्नुहोस, भगवान तपाईको साथमा रहनुहुनेछ ।

महादेव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक ईश्वर को रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । महादेव व्यक्तिको चेतनाको अन्तर्यामी हुन् । ब्रह्माजी यो संसारका सृष्टिकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालनकर्ता र शिव यो संसारका संहारकर्ता हुन् । शिवलाई जिव अथवा प्राण भनेर पनि चिनिन्छ । शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ । त्यसैले महादेवलाई देवाधिदेव महादेव भनिएको हो ।

देहमा ब्रह्माको स्थान शिरमा हुन्छ, विष्णुको स्थान हृदय अथवा शरीरको मध्य भागमा र शिवको स्थान कमर भन्दा तलको भागमा हुन्छ । त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पनि पूजा गरिन्छ । शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिनुहुन्छ ।

भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात हुनुहुन्छ । अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुनुहुन्छ । त्रिदेवहरूमा भगवान शिवलाई संहारको प्रतिक मानिन्छ । शिव अनादि तथा सृष्टि प्रक्रियाका आदिस्रोत हुनुहुन्छ र काल महाकाल महादेव हुनुहुन्छ ।

शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले सँधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन् । भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर पनि भनिन्छ ।

प्रतिक्रिया