बिहीबार, वैशाख ११, २०८२

अभिनेत्री सुरेखा सिकरीको हृदयाघातका कारण निधन

नेपालखोज २०७८ साउन १ गते १४:२७

काठमाडाैं । दिग्गज अभिनेत्री सुरेखा सिकरीको हृदयाघातका कारण निधन भएको छ । ७५ वर्षको उमेरमा ह्रदयघातका कारण उनकाे निधन भएकाे हाे ।

सुरेखा लामो समयदेखि बिरामी थिइन् र उनको आज (शुक्रबार) बिहान मुम्बईमा निधन भएको हो ।

३ पटक राष्ट्रय फिल्म पुरस्कार
थिएटरबाट करिअर सुरु गरेकी उनले थुप्रै चलचित्रमा र टेलिश्रृङ्खलामा काम गरेकी छिन् । यद्यपि उनी टेलिभिजनको पर्दाका लोकप्रिय टेलिश्रृङखलाहरुमा दादीको रुपमा चर्चित छिन् ।

उनी ‘वालिका वधु’ टेलीसिरियलबाट निकै लोकप्रिय भएकी थिइन् । उनलाई ३ पटक सर्वश्रेष्ठ सहयोगी अभिनेत्रीको लागि राष्ट्रिय फिल्म पुरस्कारले सम्मान गरिएको थियो ।

जीवनको बारेमा
सुरेखा सिकरी मूल रूपमा उत्तर प्रदेशकी थिइन् । उनको बाल्यावस्था अल्मोडा र नैनितालमा बित्यो । उनका बुबा वायुसेनामा थिए र आमा शिक्षिका थिइन् ।

सन् १९७१ मा सुरेखाले नेसनल स्कूल अफ ड्रामामा अध्ययन गरिन् । उनलाई सन् १९८९मा संगीत नाटक अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो सुरेखाको विवाह हेमन्त रेगेसँग भएको थियो । उनको पति पनि २००९ मा निधन भइसकेको छ । उनका एक छोरा राहुल सिकरी छन् ।

प्रतिक्रिया