पुलबाट खसेर एकजना बेपत्ता
नेपालखोज
२०७८ साउन २ गते १८:०४
गण्डकी । गोरखाको चुमनुब्री गाउँपालिका-३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।
साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।
त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका-३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पु¥याएको छ ।
पार्किङ गरिराखेको प्रदेश ०३-०१-०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०/८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया