कोरोनाले रोकेन व्रतालुलाई (फोटो फिचर)
नेपालखोज
२०७८ साउन ४ गते १८:२१

काठमाडौं । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । आजदेखि नै साउने सोमबारे व्रतको सुरुवात भएको छ । कोरोना संक्रमणको जोखिमका बिच हिन्दू नारीहरुले आज सोमबार भगवान शिवको आराधना गरेका छन् ।
यसबेला कोभिड संक्रमणको जोखिम छ । मन्दिरहरुमा भीडभाड हुन गइ संक्रमण थप बढ्न सक्ने भन्दै यस वर्ष घरमै बसेर साउने सोमबार मनाउन आग्रह गरिएको थियो । यद्यपी, देशका विभिन्न स्थानमा रहेका शिवालयहरुमा आज दर्शन गर्ने महिलाहरुको भिड उत्तिकै देखिएको छ ।
हिन्दू महिलाहरुका लागि साउने सोमबारको व्रतले अत्यन्तै महत्व राख्दछ । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।








तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया