नेपाल राष्ट्र बैंकले खुला गर्यो ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८१ बिक्री खुला गरेको छ । केन्द्रीय बैंकले ५ वर्ष अवधिका लागि विदेशमा रहेका नेपाली तथा गैर–आवासीय नेपालीलाई लक्षित गरी यो बचतपत्र जारी गरेको हो । बैंकले शुक्रबार (आज) देखि बिक्री खुला गरेको यस बचतपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । बचतपत्रको निष्कासन भने माघ २७ गते, फागुन २८ गते र चैत २७ गते हुनेछ ।
साँवा भुक्तानी २०८१ माघ २७ फागुन २८ गते र चैत २७ गते नै हुने केन्द्रीय बैंकले जनाएको छ । यस वैदेशिक रोजगार बचतपत्र खरिद गर्नेलाई बैंकले प्रत्येक ६–६ महिनामा वार्षिक १०५ का दरले ब्याज भुक्तानी गर्नेछ । बचतपत्र खरीदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन् ।
आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुने गरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा समावेश गर्नुपर्नेछ ।
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया