१ दशमलव २५ अंकले नेप्से बढ्दा १२ अर्ब १० करोडको सेयर किनबेच

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से एक दशमलव २५ अंकले बढेर तीन हजार ८१ दशमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २४ अंकले बढेर पाँच सय ७२ दशमलव १५ अंकमा पुगेको छ ।
दुई सय २६ वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ९० पटककको कारोबारमा आज तीन करोड तीन लाख ४२ हजार तीन सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार आठ सय ६२ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज सातवटा समूहको सूचक घटेर छवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ६३ अंकले घटेर दुई हजार ९४ दशमलव १८ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि दुई सय नौ दशमलव तीन अंकले घटेर १८ हजार ६२ दशमलव ५४ अंकमा झरेको छ ।
यीबाहेक निर्जीवन बिमा, फाइनान्स, होटेल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने १९ दशमलव २७ अंकले बढेर चार हजार नौ सय १० दशमलव ७२ अंकमा चढेकोमा जलविद्युत, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
आज सिर्नर्जी हाईड्रो पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर छ सय ६५ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी इक्विटी फन्डको प्रतियुनिट सेयर मूल्य भने छ दशमलव ९८ प्रतिशतले घटेर १२ रुपैयाँ ९३ पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेशनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय ८४ रुपैयाँ अन्तिम मूल्यमा ३६ करोड एक लाख ८२ हजार आठ सय २१ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया