शनिबार, वैशाख ६, २०८२

‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

नेपालखोज २०७८ साउन १८ गते ९:५०

कार्यालयहरूमा गुनासो पेटिका पनि छन् । १५–१५ दिनमा खोलेर हेर्छाैं । त्यस्तो गुनासो पनि परेको अवस्था छैन ।

प्रदेश १ को पहाडी जिल्ला पाँचथर । पाँचथरको प्रशासनिक नेतृत्व अहिले म्याङ्लुङ नगरपालिका २ तेह्रथुमका पुण्यप्रसाद ढकालको काँधमा छ । २०७७ पुस ९ गतेदेखि पाँचथर जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढकाल कुशल प्रशासकका रूपमा परिचित छन् ।
जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा प्रजिअ ढकाललाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
ढकालले निजामती सेवामा ३४ वर्ष बिताइसकेका छन् । पाँचथरका प्रजिअ ढकाल यसअघि गृह मन्त्रालयमा कार्यरत थिए । कर्मचारीले नियम–कानुनभित्रै रहेर कार्य सम्पादन गर्नुपर्ने प्रजिअ ढकालको धारणा छ । जिल्लाको प्रशासन संयन्त्र चुस्त दुरुस्त राख्नका लागि हरेक महिना कार्यालय प्रमुखहरूको बैठक राख्ने गरेको प्रजिअ ढकालको भनाइ छ । उनले कार्यालयमा परेका समस्या, चुनौती तथा जनताका गुनासा कसरी सहज र सरल रूपमा सम्बोधन गर्ने भन्ने विषय उक्त बैठकमा हुने भएकाले समग्र जिल्लाको प्रशासनिक संयन्त्र चुस्त रहेको उनी बताउँछन् । ‘हामीले हरेक महिनाको ५ गते कार्यालय प्रमुखको बैठक पनि राख्ने गरेका छौं । त्यहाँ हामीले सम्बन्धित कार्यालयमा परेका समस्या, चुनौती जनताका गुनासाहरूलाई सही ढंगले सम्बोधन गरिएको छ, छैन भन्न कुरा हामी गर्छौं,’ प्रजिअ ढकालले नेपालखोजसँग भने ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’ को यो नयाँ अंक :

हाइलाइट्स :

– कोभिडको अवस्था पाँचथरमा पनि अन्य जिल्लाको जस्तै–जस्तै छ । निषेधाज्ञाको समय गत वैशाख २७ देखि साउन २१ गतेसम्म सहजीकरण गर्दै–गर्दै १ बजेसम्म खुला छ । रेस्टुरेन्ट, पार्लरलगायत केही निषेधित गर्नुपर्ने निकायहरूबाहेक अरू छिमेकी जिल्ला हेरेर नियमित गरिएको छ ।
– एक–एक साताको समय राखेर हामीले निषेधाज्ञा गरेका थियौं । साउन ११ गते देखि १० दिनका लागि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका छौं ।
– खोपको कार्य पनि अगाडि बढिरहेको छ । पीसीआर टेस्टका लागि स्वाब विराटनगर पठाउने गरेका छौं । एन्टिजेन्ट टेस्ट हामी यही गर्छौं ।
– जो टाठोबाठो हुँ भन्छ ऊ संक्रमित भएका बेला पनि आफूलाई सजग नगराउने, जथाभावी हिँडडुल गर्ने कार्यले जिल्लामा कोरोना नियन्त्रणमा अलि समस्या थपिएको छ ।
– विपतका घटना दुई किसिमले हुन्छ । एउटा प्रकृतिजन्य एउटा मानवजन्य । मानवजन्य घटनामा आगलागी अलि बढी हुने गरेको छ । प्रकृतिजन्य घटनामा विशेषगरी पहिरोको समस्या धेरै छ ।
– मेरो कार्यालयबाट सेवाग्राही प्रत्यक्ष सरोकार राख्ने विषय भनेको, नागरिकता पासपार्ट, परिचयपत्र वितरण, संघ–संस्था दर्ता र मुद्दाहरूका विषय हुन् । मैले आफैँले गरेका काममा उहाँहरूबाट त्यस्तो गुनासो सुनेको छैन । यद्यपि कमी-कमजोरी भएका छैनन् भन्ने होइन ।
– कार्यालयमा गुनासो पेटिका पनि छन् । १५–१५ दिनमा खोलेर हेर्छौं । त्यस्तो गुनासो पनि परेको अवस्था छैन । सोहीकारण सेवाग्राही सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ ।
– हामीले हरेक महिनाको ५ गते कार्यालय प्रमुखको बैठक पनि राख्ने गरेका छौं । त्यहाँ हामीले सम्बन्धित कार्यालयमा परेका समस्या, चुनौती जनताका गुनासाहरूलाई सही ढंगले सम्बोधन गरिएको छ, छैन भन्ने कुरा हामी गर्छौं ।

जो टाठोबाठो हुँ भन्छ ऊ संक्रमित भएका बेला पनि आफूलाई सजग नगराउने, जथाभावी हिँडडुल गर्ने कार्यले जिल्लामा कोरोना नियन्त्रणमा अलि समस्या थपिएको छ ।

– राजनीतिक दल, जनप्रतिनिधि, चिनजानका आधारमा र अवसर खोज्नेहरू दबाब आउनेहरूको प्रमुख स्रोत हुन् । काम गरिदिएन भनेर सामाजिक सन्जालमार्फत पनि दबाबहरू आउँछन् ।
– कसैको हिम्मत नभएर हो अथवा हाम्रो काम पारदर्शी भएर हो । मलाई अहिलेसम्म दबाब आएको छैन ।
– मभन्दा पहिला यस कार्यालयमा भएका साथीहरूले कुनै किसिमको काम अड्काएर राखेको स्थिति छैन । सेवाग्राहीलाई मर्का पर्ने हिसाबले नागरिकता, पासपोर्ट परिचयपत्र वितरणजस्तो कुरामा कुनै पनि पेन्डिङ नभएकाले मैले छिटो र रचनात्मक ढंगले समयमै छिटै काम गरिदिएको छु ।
– निजामती सेवामा सम्मान, जनताको कुरा थाहा हुने, जनतासँग प्रत्यक्ष भेट हुने भएकाले आएको हुँ ।
– निजामती प्रशासन भनेको ११ वटा सेवामा आबद्ध रहेको संस्था पनि हो ।
– म निजामती प्रशासनप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु ।
– पाँचथरमा आन्तरिक रुपमा लागूऔषध प्रयोग त्यति भएको छैन । काटमार र आत्महत्याका घटनाहरू पनि तुलनात्मक रूपमा घट्दै गएको अवस्था छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि वाग्मती प्रदेशको ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलासँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को पहाडी जिल्ला पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

ढुण्डीप्रसाद निरौला, प्रजिअ,  ललितपुर – ‘कानुनसम्मत कामका लागि भनसुन गर्नै पर्दैन’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

विष्णु लामिछाने, प्रजिअ, मनाङ – ‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

ईश्वरीप्रसाद ढकाल, प्रजिअ, रसुवा – ‘सेवाप्रवाह छिटो-छरितो र चुस्त बनाएको छु’

प्रतिक्रिया