सिभिल लघुवित्तको खुद मुनाफा ६ करोड ५४ लाख रुपैयाँ

काठमाडौं । सिभिल लघुुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा छ करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १३ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७/०७८ मा ६२ करोड पाँच लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ३९ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १७ करोड ४० लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७५ लाख १७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७५ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ४० करोड २३ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ करोड ७६ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा नौ करोड ६३ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोेभिजन रकम एक करोड ७४ लाख ८७ हजार रुपैयाँँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५६ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया