बैकहरुलाई मर्जरमा जान अर्थमन्त्रीको सुझाव
१० माघ, काठमाडौं । वाणिज्य वैकहरु मध्ये पुरानो वैकका रुपमा चिनिएको राष्ट्रिय वाणिज्य वैकले आफ्नो ५५ औ स्थापना दिवस मनाएको छ । बाणिज्य वैकको स्थापना दिवस मनाईरहँदा वैकहरुले दीर्घकालिन कर्जा लगानीको व्याजदरलाई स्थिर हुने गरी गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन् ।
वैकहरुले मनलाग्दो किसिमले व्याजदर कायम गरिरहेकोकाले मन्त्रीले वैक र वैकर्सहरुलाई सजगता अपनाउन निर्देशन दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका मन्त्री खतिवडाले व्यवसायी र बैंकहरु अन्तर सम्वन्धित रहेको बताउँदै एउटालाई असहज हुँदा अर्को क्षेत्र प्रभावित हुने भएकाले पूर्वाधार क्षेत्रमा जाने कर्जाको व्याजदर स्थित हुने गरी प्रवाह गर्न निर्देशन दिएका हुन् ।
कर्जा र जिडिपि अनुपात ८० प्रतिशत पुगिसकेको भनेर आईएमएफ लगायतका निकायले कर्जाको गुणस्तरमा ध्यान दिन आग्रह गरेको भन्दै उनले गुणस्तरीय कर्जा मात्रै दिगो हुने बताए ।
मन्त्री खतिवडाले ‘१० वर्ष अगाडि ४० प्रतिशत रहेको कर्जा र जिडिपि अनुपात ४० बाट ८० पुगेको छ, यो कर्जा विस्तार धेरै भएको हो अथवा अर्थतन्त्र विस्तार कम भएको, अथवा आयको जिडिपी गणाना विधि राम्रो हुन नसकेको दावी गरे।
पहिले पहिले क्रेडिट भनेर हरेक क्षेत्रमा कर्जाको सिलिङ तोक्ने गरेको भन्दै फेरि त्यस्तै अवस्था आउन लागेकोप्रति उनले चिन्ता समेत जनाए । अर्थतन्त्र कमजोर अवस्थामा रहेकोले भुक्तानी सन्तुलन सुधार गर्न, वित्तीय घाटा मिलाउन र दातृ निकायले पत्याउने वातावरण बन्न दिन नहुने बताए । उनले धेरै संस्था मर्जरमा गएको र बैक तथा वित्तिय संस्थाको संख्या १७३ मा आईसकेको भन्दै गुणास्तरीय सेवाको लागि संख्या धेरै नचाहिने बैंकलाई मर्जरमा जान आग्रह समेत गरे ।
प्रतिक्रिया