बैतडीमा खुले विद्यालय

बैतडी । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिकाअन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।
नगर क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । उनले भने, ‘हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ ।’
कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ ।
लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको नगरपालिकाले जनाएको छ । मेलौलीमा ४६ सामुदायिक विद्यालय छन् ।
अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समितिका प्रमुख नरेन्द्र अवस्थीले बताए ।
उनले भने, ‘संघीय सरकारले स्थानीय सरकारलाई कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्न सक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन् ।’ रासस
प्रतिक्रिया