‘बन्धक बनाएर जबरजस्ती हस्ताक्षर गराइयो, म माओवादीमै छु’
नेपालखोज
२०७८ साउन २१ गते १४:०६

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको राखेकाे बताएकी छन् ।
बिहीबार माओवादी संसदीय दलको कार्यालयमा विज्ञप्ति जारी गर्दै आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएर विज्ञप्ति जारी गरिएको उनले बताएकी छन् ।
आफूलाई पढ्न नदिई थप दुई वटा माइन्युटमा समेत हस्ताक्षर गर्न लगाइएको उनको भनाइ छ । मुख्यमन्त्री निवासमा राखेर आफूलाई एमाले बन्न दबाब र विभिन्न प्रलोभन दिएको समेत खुलाएकी छन् । बिहीबार पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको बताएकी छन् ।


सम्बन्धित
प्रतिक्रिया