आइतबार, वैशाख ७, २०८२

दाङमा २८९ सवारीसाधन दुर्घटना हुँदा ७७ जनाको मृत्यु

नेपालखोज २०७८ साउन २५ गते १२:४६

दाङ । दाङमा एक वर्षको अवधिमा २८९ वटा सवारीसाधन दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ६१ पुरुष‚ ६ महिला र १० जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा २३३ जना सख्त र १३९ जना सामान्य घाइते भएका छन् । आव ०७७/७८ दुर्घटना भएका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार १६६ वटा मोटरसाइकल, २९ वटा जिप/कार, २१ वटा टेम्पो, १८ वटा बस, १६ वटा ट्रक र ट्यांकर, १४ वटा ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जीसीले जानकारी दिए ।

प्रतिक्रिया