फूल र तरकारीमा डा. पवनको कला (फोटो फिचर)

काठमाडौं । सामान्यत: डाक्टर कि त आफ्नोे पेसामा रमाउँछन् या आफ्नो निजी जिन्दगीमा । तर, एउटा यस्ता डाक्टरर पनि छन् जो आफ्नो पेसासँग-सँगै बोटविरुवाहरुसँग लडीबुडी गर्दै रमाउँछन् । ती हुन पाटन अस्पतालका स्त्रीरोग विशेषज्ञ प्रा.डा. पवन शर्मा ।
लामो समयदेखि स्वस्थ्य क्षेत्रमा कार्यरत डा. शर्मा आफ्नो डाक्टरी पेसापछि बोटबिरुवासँग रमाइरहेका हुन्छन् । दिनभर अस्पतालमा हुँदा प्रजनन् स्वास्थ्यबारे, सुरक्षित सुत्केरी अनि शिशुलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेमै व्यस्त रहन्छन् ।
फेरि घर फर्किएपछि त्यही करेसाबारी अनि फूलबारीमा रमाउन थाल्छन् । बिरामीलाई दिने समयबाहेक उनको बाँकी समय त्यही करेसाबारी र फूलबारीमै बित्छ । थरीथरीका फूल, सिजनअनुसारका तरकारीहरु रोप्नु अनि तिनलाई मलजल गर्नेदेखि लिएर काँटछाँट गर्ने सबै काम आफैं गर्छन् उनी । सिजनअनुसारका तरकारीहरु फलाउनु विभिन्न प्रजातिका फूलहरु रोप्न मात्रै होइन उनले ती फूलेका फूलहरु अनि तरकारीहरुलाई भिन्ना-भिन्नै आकारहरु दिएर सामाजिक सन्जालतिर सेयर पनि गर्छन् ।
आफूले मिहिनेत गरेर उत्पादन गरेर तिनलाई सबैसामु साट्न पाउँदा उनलाई खुसी मिल्छ । उनले तरकारी तथा फूलहरुबाट विभिन्न भगवान्का चित्र, चराहरुलगायतको आकार बनाएर फोटोहरु सबैसामु सार्वजनिक गर्छन् । र, सामाजिक सन्जालतिरबाट उनलाई राम्रै प्रतिक्रिया पनि आउँछ । जसले उनलाई आफूले गर्ने कामतर्फ थप आकर्षित गर्छ ।
यस्ता छन् उनले तरकारी तथा फूलहरुबाट बनाएका चित्र
















तस्बिरहरु : डा. पवन शर्माको फेसबुकबाट
प्रतिक्रिया