बुधबार, वैशाख १०, २०८२

आज मैलुङ खोलाको आईपीओ बाँडफाँड

नेपालखोज २०७८ साउन २६ गते ७:५६

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज (मंगलबार) बाँडफाँड हुने भएको छ ।

कम्पनीले साउन १४ देखि १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ वटा आवेदनमार्फत २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि माग परेको छ । प्रारम्भिक आवेदनका आधारमा कम्पनीको आईपीओ २० लाख ५० हजार ४५१ जनाले नपाउने देखिन्छ । यद्यपि दोहोरो आवेदन र रितपूर्वक नपरेको आवेदन रद्द गर्दा केही संख्या घट्नसक्छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन तथा बिक्री खुलाएको हो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजेपछि आईपीओ बाँडफाँड गरिनेछ ।

प्रतिक्रिया