सोमबार, वैशाख ८, २०८२

सकारात्मक बन्ने गजुरियल सूत्र

नेपालखोज २०७८ साउन २६ गते १५:३६

मारेका, मरेका, छुटेका, कुटेका, घर झगडाका, डर लफडाका, धाक धम्कीका, गाली बेइज्जतीका, हो-हल्लाका, भाइरलभ्युज, नेगेटिभ न्युज हेर्न बन्द गरौं । ‘सोसल मिडिया एडिक्सन’बाट आफ्नो मानसिक स्वास्थ्य जोगाउँ । अत्यावस्यक अवस्थामा मात्र सोसल मिडियाको प्रयोग गरौं ।

के-कस्ता सामाग्रीबाट सकारात्मक बन्न सकिन्छ ? मेरो अनुभव यस्तो छ :

-योगी विकाशानन्दका उत्प्रेरक विचार सुन्दा ।
-ओशोका र संबद्ध गुरुहरुको दर्शन पढ्दा, ध्यान गर्दा ।
-बाबा रामदेवका योग सन्देश र प्राणायाम गर्दा ।
-सिस्टर शिवानीको मोटिभेसन स्पिच श्रवण गर्दा ।
-सद्गुरुको अनलाइन सत्सङमा जोडिँदा ।
-डाक्टरहरुका अन्तर्वार्ता सुन्दा ।
-आयुर्वेदसम्बन्धी जानकारी लिँदा
-कथा, कविता र उपन्यास पढ्दा ।
-जीवनवादी सिनेमाहरु हेर्दा ।
-कमेडी शोहरु हेर्दा ।
-मर्निङ वाक गर्दा ।
-अन्तरंग साथीहरुसँग कुरा गर्दा ।
-पोजेटिभ भाइभ भएको मान्छेसँग भेट हुँदा ।
-बालबालिकासँग खेल्दा ।
-ज्येष्ठ नागरिकका अनुभवहरु सुन्दा ।
-डिस्कभरी र हिस्ट्री च्यानल हेर्दा ।

महामारी, बेरोजगारी र अन्योलले धेरै मान्छे मानसिक रुपमा कमजोर बन्दै छौं । यसबाट बाहिर निस्कन थप के-कस्ता उपाय हुनसक्छन्, थप्दै जानोस् ।

  • मनोज गजुरेलको फेसबुकबाट

प्रतिक्रिया