५१ अंकले नेप्से बढ्दा १७ अर्ब ८४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुवै नै उच्च अंकले बढेका छन् । अघिल्लो दिन एक दशमलव ५४ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ५१ दशमलव ८६ अंकले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आज १२ अंकले बढेर पाँच सय ८७ दशसलव ९५ अंकमा पुगेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख ६३ हजार नौं सय ६९ पटकको कारोबारमा तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोबार रकम १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक घटेर बाँकी १० वटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३९ दसमलव चार अंकले बढेर दुई हजार एक सय २९ दशमलव ७६ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि चार सय छ दशमलव ४४ अंकले बढेर पाँच हजार चार सय ४५ दशमलव ४३ अंकमा चढेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि एक सय ४२ दशमलव ३३ अंकले बढेर १४ हजार छ सय ३२ दशमलव १० अंकमा चढेकोमा फाइनान्स, लघुवित्त, जीवन बिमा, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
ट्रेडिङ, होटेल तथा पर्यटन र जलविद्युत समूहहरुको सूचक भने घटेका छन् । आज सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर छ सय ४३ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा साञ्जेन जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव १६ प्रतिशतले घटेर चार सय ८० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज अपरतामाकोशी हाइड्रो पावर कम्पनीको प्र्रतिकित्ता आठ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा ८९ करोड ३३ लाख चार हजार छ सय एक रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया