नेप्से ३ हजार १ सय ७९ अंकमा सीमित, सातामा ७९ अर्ब २६ करोड रुपैयाँको कारोबार

काठमाडौं । यो साता नेप्से निकै नै सुखद देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै बढ्न थालेको नेप्सेले साताको अन्तिम कारोबार दिनसम्म नै निरन्तरता पाएको थियो ।
सोही आधारमा यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै बढेका छन् । जसअनुसार नेप्से तीन हजार एक सय ७९ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९१ दशमलव १६ अंकमा पुग्न सफल भएको छ ।
दुई सय ३० वटा कम्पनीहरुको यो साता सात लाख १३ हजार सात सय ३० पटकको कारोबारमा १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कुल कारोबार रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ रुपैयाँ पुग्न सफल भएको छ । गत साता भने नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको छ लाख नाै हजार छ सय १८ पटकको कारोबारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर किनबेच भएका थिए ।
जसअनुसार उक्त साता कुल कारोबार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रुपैयाँ पुग्न सफल भएको थियो । नेप्से यो साता पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पाँचै दिन नेप्से बढेको थियो ।
जसअनुसार पहिलो दिन शून्य दशमलव ६६ अंकले बढेर तीन हजार आठ दशमलव १२ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा १६ दशमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा पुग्न सफल भएको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन शून्य दशमलव ७८ अंकले बढेर पाँच सय ७८ दशमलव नौ अंकमा चढेकोमा अन्तिम कारोबार दिनसम्म आइपुग्दा पाँच दशमलव ४६ अंकले बढेर पाँच सय ९१ दशमलव १६ अंकमा पुग्न सफल भएको थियो ।
यो साता बढी रकम रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा अपर तामाकोशी हाइड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रो पावर कम्पनी, अपर तामाकोशी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।
बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यो साता सबैको लघुवित्त वित्तीय संस्था, नेपाल बैंक र कृषि विकास बैंकको बोनस सेयर एवं ऋणपत्र सूचीकृत भएका छन् ।
प्रतिक्रिया