बुधबार, वैशाख १०, २०८२

सानिमा लाइफको आईपीओ बाँडफाँड गरिँदै, तपाईंलाई पर्‍यो ?

नेपालखोज २०७८ साउन ३० गते ६:३४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ आज (शनिबार) बिहान ११ बजे बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड गरिनेछ ।

सानिमाको आईपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको आईपीओको ६.८४ गुणा बढी हो ।

कम्पनीले बिक्रीमा ल्याएको आईपीओमा आवेदन गर्ने कुल आवेदकमध्ये ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सेयर पाउनेछन् । सानिमा लाइफले साउन २० देखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया