छुटको चामल अनियमितता गर्नेमाथि छानबिन गरिँदै
नेपालखोज
२०७८ साउन ३१ गते १४:४७

हुम्ला । सिमकोट गाउँपालिकामा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा आज (आइतबार) देखि छानविन थालिएको छ । लकडाउनका बेला छुटको चामल बिक्रीमा भएको अनियमितता छानबिन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आएको जानकारी दिएका छन् । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको चामल, पिठो, दाल, नून, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखाका कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेपछि नागरिक समाज र उपभोक्तावादीले विरोध गर्दै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया