बुधबार, वैशाख १०, २०८२

आज बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ, कसले कति कित्ता भर्ने ?

नेपालखोज २०७८ साउन ३२ गते ६:३८

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा संस्थापक सेयरधनीहरुका लागि आईपीओ निष्कासन हुने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये चार लाख कित्ता आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि सेयर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आईपीओको आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया