इन्डियन आइडल-१२ को उपाधि पवनदीपलाई
नेपालखोज
२०७८ साउन ३२ गते ७:५२

मुम्बई । भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२औं संस्करणको उपाधि पवनदीप राजन हात पारेका छन् । भारतको ७५औं स्वतन्त्रता दिवसका अवसर पारेर आइतबार राति भएको फाइनलमा राजनले उपाधि जितेका हुन् ।
गायनसँगै वाद्यवाधन मा पनि उत्तिकै पोख्त २४ वर्षीय पवनदीपको जन्म भारतको उत्तराखण्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको हो ।
गितार, ढोलक, तबला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउन पोख्त पवनदीपले सनमुख प्रिया, अरूणिता कान्जीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड चुमेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया