खुल्यो न्यादी हाइड्रोपावरको आईपीओ

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दा तथा संस्थापक सेयरधनीका लागि कम्पनीले आजबाट बिक्री खुला गरेको हो ।
आईपीओ छिटोमा यही भदौ १५ र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुनेछ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
कम्पनीले मर्स्याङ्दी गाउँपालिका ३ (साबिक खुदी गाविसका वडा १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी ६, ७ र ८ (साबिक बाहुनडाँडा गाविस र साबिक भुलभुले गाविसका सम्पूर्ण वडा) का बासिन्दाका लागि पाँच लाख कित्ता सेयर निष्कासन गरेको हो ।
एनएमबी बैंकको बेंसीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आईएमई बैंकको बेंसीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आईपीओका लागि आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईमएई क्यापिटल छ ।
प्रतिक्रिया