१८ अंकले नेप्से घट्दा २० अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार भने नेप्से घटेको छ । अघिल्लो दिन ३८ दशमलव २८ अंकले बढेको नेप्से आज १८ दशमलव २४ अंकले घटेर तीन हजार एक हजार ८० दशमलव ७८ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३३ अंकले घटेर पाँच सय ९० दशमलव १५ अंकमा झरेको छ । दुई सय २९ वटा कम्पनीहरुको एक लाख ८८ हजार १७ पटकको कारोबारमा तीन करोड नौ लाख १२ हजार छ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समूहको कारोबार भएकोमा पाँचवटा समूहको सूचक बढेर आठवटा समूहको समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ५५ अंकले घटेर दुई हजार ८१ दशमलव ६३ अंकमा जलविद्युत समूहको सूचक एक सय २३ दशमलव ३१ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव १० अंकमा झरेको छ ।
यीबाहेक विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि घटेका छन् । निर्जीवन बिमा समूहको सूचक भने आज चार सय ५७ दशमलव ४७ अंकले बढेर १४ हजार सात सय ७५ दशमलव ७६ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि चार सय ६८ दशमलव ५७ अंकले बढेर १८ हजार दुई सय २२ दशमलव एक अंकमा चढेको छ ।
यसैगरी लघुवित्त, ट्रेडिङ र अन्य समूहहरुको सूचक पनि बढेका छन् । आज ज्योति विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन हजार नौ सय छ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर चार सय ४१ रुपैयाँमा कारोबार भएको छ ।
आज अरुण कावेली पावर लिमिटेडको प्र्रतिकित्ता आठ सय ३० रुपैयाँ ५० पैसा अन्तिमम मूल्यमा एक अर्ब १६ करोड ७८ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाईड्रो पावर लिमिटेडको पनि प्रतिकित्ता छ सय ९७ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब १६ करोड ५२ लाख ४० हजार तीन सय ८७ रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया