ठडिँदै कविकुञ्ज (फोटो फिचर)

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास भएको स्थानमा नयाँ संग्रहालय भवन बनाउन सुरू गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामित्त्वमा रहेको कविकुञ्ज २०७८ चैतभित्र भवन निर्माण सक्नेगरी काम सुरु गरिएको हो ।
लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको भवन निर्माणको शिलान्यास आज (बिहीबार) प्रतिष्ठानका कुलपति कुलपति गंगाप्रसाद उप्रेतीले गरे । शिलान्यास कार्यक्रममा महाकवि देवकोटा छोरा प्रा.डा.पद्मप्रसाद देवकोटा र माहिली छोरी अम्बिकादेवी रिमाल तथा कान्छी छोरीको उपस्थिति थियो । यस्तै काठमाडौं महानगरपालिका ३० का वडाअध्यक्ष दलबहादुर कार्की, स्थानीय बासिन्दा, बुद्धिजीवी, समाजसेवी, प्रतिष्ठानका सदस्य-सचिव जगतप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो ।
उपाध्यायका अनुसार शिलान्यास कार्यक्रममा पण्डितहरू उपप्राध्यापकद्वय ज्योतिषी हरिप्रसाद पौडेल र दर्शनशास्त्री केशवशरण अर्यालले पूजा व्यवस्थापन गरेका थिए । नेपाल प्रज्ञा-प्रतिष्ठानअन्तर्गत काठमाडौं ३०, मैतीदेवीमा कविकुञ्जको बाह्य स्वरूप आउने गरी पुनर्निर्माण गर्न लागिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय भवन निर्माण २०७८ चैतमा पूरा हुने र २०७९ असारसम्ममा सङ्ग्रहालय सञ्चालन गर्ने प्रतिष्ठानको तयारी छ ।






तस्बिरहरु : प्रतिष्ठानका सदस्य-सचिव जगतप्रसाद उपाध्यायको फेसबुकबाट
प्रतिक्रिया