ताप्लेङजुङमा ७० प्रतिशत मुद्दा फर्स्योट
नेपालखोज
२०७८ भदौ ५ गते १२:३१

फुङ्लिङ । ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०७७/०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कुल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो ।
अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ ।
गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कुल ३१३ मुद्दा फछ्र्यौट भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया