५० एमपीको क्यामेरायुक्त रेडमी, मूल्य कति ?

काठमाडौं । रेडमीको नयाँ फोन रेडमी-१० मा ९० एचजेड रिफ्रेस रेटका साथ ६ दशमलव ५ इन्चको फुल-एचडी प्लस (१०८०x२४०० पिक्सेल) डिस्प्ले जडान गरिएको छ । यो फोन रिडिङ मोड ३.० मा उपलब्ध हुन्छ । यो फोनले एड्रोइड ११ मा आधारित मी यूआई १२.५ मा काम गर्छ ।
प्रोसेसर, र्याम र स्टोरेज
स्पिड र मल्टीटास्किङका लागि यो फोनमा MediaTek Helio G88 SoC का साथ ६ जीबीसम्म र्याम अनि १२८ जीबीसम्म स्टोरेज दिइएको छ ।
क्यामेरा
यो फोनको रियर प्यानलमा क्वाड रियर क्यामेरा सेटअप उपलब्ध हुन्छ । जसमा ५० मेगापिक्सलको प्राइमरी क्यामेरा, साथमा ८ मेगापिक्सलको अल्ट्रा-वाइड एंगल क्यामेरा जडान गरिएको छ । यसमा २ मेगापिक्सलको दुईवटा क्यामेरा सेन्सर, एउटा माइक्रो र अर्को डेप्थ क्यामेरा सेन्सर दिइएको छ । यो फोनमा सेल्फीका लागि ८ मेगापिक्सल को फ्रन्ट क्यामेरा पनि पाइन्छ ।
कनेक्टिभिटी
यो फोनमा ३ दशमलव ५ मिलिमिटरको हेडफोन ज्याक र डुअल स्पिकर्स दिइएको छ । सेक्युरिटीका लागि फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक सपोर्ट पनि छ ।
ब्याट्री
५ हजार एमएएचको ब्याट्री रेडमी १० को विशेषता हो । यसमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट प्राप्त हुन्छ ।
मूल्य
यो फोनको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य २२ हजार जति पर्छ । यसैगरी ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २४ हजार जति तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य २५ हजारमाथि रहनेछ । रेडमी-१० तीन कलरमा उपलब्ध हुन्छ ह्वाइट, ग्रे र सी ब्लु ।
प्रतिक्रिया