फेसलिफ्ट हुन्डाई क्रेटा एसयूभीमा प्रिमियम अपडेट्स !

काठमाडौं । साउथ कोरियाको ठूलो अटो कम्पनी हुन्डाईले चाँडै ब्राजिलमा २०२२ हुन्डाई क्रेटा एसयूभी लन्च गर्दै छ । हुन्डाईले यो लोकप्रिय कम्प्याक्ट एसयूभीको फेसलिफ्ट भेरिएन्टलाई २५ अगस्तमा साउथ अमेरिकी बजारमा उतार्ने बताइएको छ । ब्राजिलको अटो बजारमा क्रेटाले ग्राहकको प्रशस्त माया पाएको बताइन्छ । हुन्डाईले क्रेटामा कैयन् नयाँ अपडेट्स दिएको छ । क्रेटाको खास अपडेट यसको रि-डिजाइन ग्रिल हो ।
नयाँ फिचर्स
हुन्डाई क्रेटाको ब्राजिल एडिसनमा इन्टेरियर र एक्सटेरियरमा थुप्रै परिवर्तन देखिन्छ । हुन्डाईको यो फेसलिफ्ट भर्सनमा नयाँ फ्रन्ट ग्रिल र नयाँ बुट लिड देखिन्छ । यसमा हेडलाइट र टेललाइट, अलोय ह्विल्ससमेत एक्सटेरियर पनि समावेश छ । सेफ्टी फिचर्सका रुपमा यसमा एडीएएस, इलेक्ट्रोनिक पार्किंङ ब्रेक, लेन असिस्ट, एडप्टिव क्रूज कन्ट्रोल, क्यामेराका साथ ब्लाइन्ड स्पट मनिटर आदि फिचर्स छन् ।
दमदार छ इन्जन
हुन्डाई क्रेटामा १.० लिटर थ्री-सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र २.० लिटर नेचुरली एस्पिरेटेड इन्जिन प्रयोग गरिएको छ, जुन ६ स्पिड म्यानुअल वा अटोमेटिक ट्रान्समिसनका साथ आउँछ । यो गाडीले १.० लिटर थ्री-सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन १२१ एचपीको म्याक्सीमम पावर र १७२ एनएमको म्याक्सिमम टर्क जेनरेट गर्न सक्छ ।
कियाको सेल्टोससँग प्रतिस्पर्धा
फेसलिफ्ट हुन्डाई क्रेटा एसयूभीको प्रतिस्पर्धा कियाको सेल्टोससँग हुनेछ ।
फिचर्स
क्रेटामा ८-इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुलिक कनेक्टिभिटी, क्लाइमेट कन्ट्रोल, प्यानोरमिक सनरूफ, हिटेड सिट्स र मल्टी-ड्राइव मोड, १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन तथा ७ इन्चको डिजिटल इस्ट्रूमेन्ट कन्सोल आदि फिचर्स उपलब्ध हुन्छन् जसले यो कारलाई खास बनाएका छन् ।
प्रतिक्रिया