नागरिक लगानी कोषमा बेथिति, पटके बैठकले डुब्यो ७३ करोड

काठमाडौं । नागरिक लगानी कोषमा चरम बेथिती देखिएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा ठुुलो संस्थागत निक्षेपकर्ता संस्थाहरु मध्येको कोषको सञ्चालक समिति एवं प्रमुखहरुले पटके बैठकको आधारमा अरबौं रुपैयाँ लगानी गर्दा कोषमा रहेको सञ्चयकर्ताहरुको करोडौं रुपैयाँ जोखिममा पुगेको हो ।
महालेखा परिक्षकको ५८ औं बार्षिक प्रतिवेदन अनुसार नागरिक लगानी कोषले लगानी नीति तथा आधार तयार नगरी सञ्चालक समितिको बैठकले पटके निर्णयको आधारमा लगानी गरेको देखिएको छ ।
कोषको केन्द्रिय हिसाव र ११ योजनाको २०७६ ।७७ सम्म एक खर्ब ४० अर्ब ५९ करोड रुपैयाँ मौज्दात र सञ्चित कोष समेतबाट एक खर्ब ५२ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको छ ।
उक्त लगानी मध्ये समस्याग्रस्त घोषित भएका बित्तीय संस्थाहरुमा मात्र ७३ करोड ६४ लाख रुपैयाँ लगानी रहेको छ । समस्याग्रस्त घोषणा भएका संस्थाहरुमा पनि कतिपय बित्तीय संस्थाहरु लिक्वीडेसनमा समेत गईसकेकाछन ।
कोषको अहिले पनि तत्कालीन हिमालय फाईनान्स, क्रिष्टल फाईनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स लगायतका संस्थाहरुमा ठुुलो परिमाणमा करोडौं रुपैयाँ डुवेको छ । तर कोषले हालसम्म पनि उक्त रकम असुली गरेको छैन, कोषले तत्काल यस्तो रकम असुल गर्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया