‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले चाडवाडको अवसर पारेर नेपाली बजारमा ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।
कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान् चाड दसैंको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको हो ।
यस योजनामा ग्राहकलाई कूल २०४१५२ रुपैयाँ बराबरको विशेष सुविधा. १२५००० रुपैयाँ नगद छुटको साथै कार खरिद गर्नुहुने ग्राहकलाई २७९९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने छ ।
साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको छ । ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया