बुधबार, वैशाख १०, २०८२

जावा मोटरसाइकलको शोरुम सुर्खेतमा

नेपालखोज २०७८ भदौ ९ गते १६:४७

काठमाडौं । जावा मोटरसाइकलको विशिष्ट शोरुम सुर्खेतमा समेत खुलेको छ ।

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लिले वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड सुर्खेतमा शोरूम खोलेको हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक शरद मिश्रले आज (बुधबार) शोरूमको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै उनले जावा मोटरसाइकल शहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक भएको बताए ।

फरक–फरक व्यक्तित्वलाई सुहाउने मोडलहरू रहेको उनको भनाइ छ । एम.पी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले सुर्खेतमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा गर्व लागेको बताए ।

प्रतिक्रिया