बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ ।
फाईनान्सले सोही वडाको न्युरोड, पिपलवोट स्थित रमा गृह भवनमा बुधबार (आज) उक्त शाखा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो । नयाँ शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्तरुपमा गरेका थिए ।
कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उपस्थिति रहेको थियो । नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत सेवा दिदै आएको छ ।
संस्थाको प्रधान कार्यालय, कमलादी, काठमाडौमा रहेको छ । संस्थावाट हाल डिजिटल बैकिङ्ग सेवा लगायत नेपाल राष्ट्र बैकको निति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको फाइनान्सले जानकारी दिएको छ ।
प्रतिक्रिया