बुधबार, वैशाख १०, २०८२

शाओमीले ल्यायो पाँचौ आधिकारिक ‘मी’ स्टोर

नेपालखोज २०७८ भदौ ९ गते २०:२७

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो पाँचौं मी स्टोरको सञ्चालन गरेको छ ।

कलंकीमा अवस्थित दुई सय वर्गफुटको मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ । ब्रान्डले यस त्रैमासिकको अन्त्यसम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन भएको बताए । यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागी ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउने बताए ।

नयाँ मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरणसम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्ने बताए ।

प्रतिक्रिया