जनवादी गायक टुहुरेको निधन
नेपालखोज
२०७८ भदौ १० गते १३:३८

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो ।
उनको मस्तिष्कघातका कारण निधन भएकाे बताइएकाे छ । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर …’ निकै चर्तित छ । राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया