पोखराको मनिपाल बतास र पौडेलले किन्ने
नेपालखोज
२०७८ भदौ १० गते १४:५३

काठमाडौं । पोखराको मनिपाल मेडिकल कलेज आनन्दराज बतास र नारायण पौडेलले संस्थागत रुपमा किन्ने भएका छन् ।
भारतको मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो मेडिकल कलेज सन् १९९४ बाट सञ्चालनमा आएको हो । भारतीय समूहले करिब सवा तीन अर्ब रुपैयाँमा बिक्री गर्ने गरी प्रारम्भिक सम्झौता गरेको बतासले नेपालखोजलाई जानकारी दिए ।
मेडिकल कलेज बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रुपले कुल तीन अर्ब २२ करोड ६० लाख रुपैयाँमा किन्न लागेको हो । जसमा बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ ।
यसको खरिद-बिक्री सम्झौता भोलि (शुक्रबार) हुँदै छ । मनिपाल खरिदपछि मेडिकल कलेज तथा अस्पतालको अध्यक्ष भने आनन्द बतास नै हुनेछन् भने उपाध्यक्षमा पौडेल रहनेछन् । सञ्चालक समितिमा शान्ता बतास र विपेन बतास पनि रहने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया