बुधबार, वैशाख १०, २०८२

नेप्सेमा करेक्सन आउँदा १७ अंकको वृद्धि, १३ अर्ब ४२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ भदौ १० गते १५:५१

काठमाडौं । यसअघि लगातार घटेको नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ४८ दशमलव ४२ अंकले घटेको नेप्से आज (बिहीबार) भने १७ दशमलव ६ अंकले बढेर तीन हजार ९४ दशमलव पाँच अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव चार अंकले बढेर पाँच सय ७१ दशमलव ३९ अंकमा पुगेको छ । दुई सय ३२ कम्पनीको एक लाख ३० हजार नौ सय ३८ पटकको कारोबारमा दुई करोड १६ लाख ९० हजार पाँच सय ८५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार सात सय ९२ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा आठवटा समूहको सूचक घटेका छन । पाँचवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ५९ अंकले घटेर दुई हजार २४ दशमलव ७५ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि एक सय ६४ दशमलव ६४ अंकले घटेर १७ हजार पाँच सय ७७ दशमलव ९४ अंकमा झरेको छ ।

यीबाहेक निर्जीवन बिमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने दुई सय ४१ दशमलव ६५ अंकले बढेर पाँच हजार नौ सय ६५ दशमलव २५ अंकमा चढेकामा फाइनान्स समूहको सूचक पनि एक सय २० दशमलव २२ अंकले बढेर तीन हजार दुई सय ६८ दशमलव ५८ अंकमा चढेको छ ।

यीबाहेक जलविद्युत्, लघुवित्त समूहको सूचक पनि ३७ दशमलव ५७ अंकले बढेर पाँच हजार नौ सय २७ दशमलव ५३ अंकमा पुगेको छ भने होटेल तथा पर्यटन समूहको सूचक पनि बढेका छन् ।

आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २० रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा गुडबिल फाइनान्सको ऋणपत्र २०८३ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९५ प्रतिशतले घटेर ११ सय ४३ रुपैयाँ ७० पैसामा कारोबार भएको छ । यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय २० रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा ९३ करोड ८४ लाख ४० हजार नौ सय रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया