नाडाले ट्राफिक प्रहरीसँग सहकार्य गर्ने

काठमाडौं । नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासंग सहकार्य गर्ने भएको छ ।
आज (बहिबार) नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको छ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी ट्राफिक जनचेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जानकारी दिएको छ ।
नाडाले विगत देढ दशक अघि देखि महानगरीय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।
सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया