बेलायतबाट १ लाख ३१ हजार डोज खोप आउँदै
नेपालखोज
२०७८ भदौ १० गते १६:०४

काठमाडौं । बेलायतले कोरोनाविरुद्ध उपलब्ध गराउने अस्ट्राजेनेका खोपको १ लाख ३१ हजार मात्रा आज(बिहीबार) नेपाल आइपुग्ने भएको छ ।
अस्ट्राजेनेका खोप बेलुकीसम्म काठमाडौं आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।
अहिलेसम्म भारतले ११ लाख मात्रा कोभिसिल्ड, चीनले ३४ लाख मात्रा भेरोसेल, अमेरिकाले १६ लाख मात्रा जोन्सन एण्ड जोन्सन, जापानले १६ लाख मात्रा अस्ट्राजेनेका, भुटानले २ लाख ३० हजार मात्रा अस्ट्राजेनेका खोप नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएका छन् ।
सम्बन्धित
प्रतिक्रिया