बुधबार, वैशाख १०, २०८२

नयाँ टाटा सफारी नेपालमा,मूल्य ८१ लाख ९९ हजार

नेपालखोज २०७८ भदौ १० गते २०:५०

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको आजदेखि नेपाली अटो सार्वजनिक गरेको छ ।

नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण हो । आधुनिक युगका शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना ) झलक दिने नयाँ सफारीको डिजाईन ग्राहकहरुको ईच्छा र आकांक्षा अनुरुप आकर्षक, बलियो र ‘स्पोर्टी’ रहेको छ । ट्रोपिकल मिस्ट रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरुको सौन्दर्यबाट प्रभावित प्रेरित छ ।

नेपाल पनि यस्तै वनस्पतिहरुले भरिपुर्ण भएकोले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउदो रहेको छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ ।

आकर्षक डिजाइन भएको यस गाडीका अन्य विशेषताहरु पनि सर्वोत्कृष्ट रहेका छन् । नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नयाँ उचाइमा पुर्याउनेछ । भारतमा ६ महिना भन्दा पनि कम अवधिमानै दश हजार वटा भन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भैसकेको छ ।

त्यसैगरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासंगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशे ढुंगा भएको बताए । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई वृद्धि गर्ने उनले बताए ।

ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्य अनुसार नयाँ सफारीलाई ललितपुर शहरको मुटुमा अवस्थित लबिम मलको विशेष “एक्स्पीरिएन्स जोनमा” पनि डिस्प्ले गरिने उनले बताए ।

आफ्ना ग्राहकहरुलाई आराम र सुरक्षाको साथै उत्कृष्ट कार्य क्षमताप्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ्ग गरिएको हो । २.० लिटरको टर्बो चार्जड् काइरोटेक इन्जिन भएको यस गाडीमा शहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रकाकच्ची सडकहरुमानँया र रोमान्चकारी अनुभवका साथ् यात्रा गर्न सकिन्छ ।

२७४१ मिलिमिटर चौडा व्हिलबेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आईज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरुको लागि एक पूर्ण र प्रशंसायोग्य प्याकेज हुनेछ ।
सफारीको नयाँ अवतारमा टाटा मोटर्स्ले ओएमइजी एआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाईन ल्यांग्वेजमा आधारित रहि ल्याण्ड रोभरको प्रख्यात डि ८ प्ल्याटफर्ममा निर्माण गरेको हो । उत्कृष्ट सुरक्षाको लागि उन्नत इएसपी र बोस मोड जस्ता विशेषताहरु पनि यस ६÷७ सिट क्षमताको गाडीमा पाइन्छ ।

यो कारणले नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी छ । निलो , सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइ देखि एक्सजेटए+ सम्म ९ वटा मोडेलहरु छन् ।

भारतमा गत वर्ष देखि मात्र विक्रीवितरण थालनी गरिएको यो गाडीले छोटो समयमै ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोडिसकेको छ । भारतीय एसयूभी बजारमा १८ प्रतिशत अंश ओगट्न सफल नयाँ सफारी आज त्यहाँको सबैभन्दा बढी विक्री हुने एसयूभी मध्ये एक हो ।

प्रतिक्रिया