मुख्यमन्त्री बनेकै दिन भाइको निधन
नेपालखोज
२०७८ भदौ १० गते २२:११

काठमाडौं । मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भ्रातृ शोक परेको छ । इनरुवा ३ मा रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाइ रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य विराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए । मुख्यमन्त्रीमा चयन हुँदै गर्दा आचार्य भ्रातृ शोकमा परेका थिए ।
उनलै शोकमै शपथ लिएका थिए । मुख्यमन्त्री आचार्य भाइको मृत्युको खबरपश्चात हतार-हतारमा शपथग्रहण सकाएर अन्तिम संस्कारमा सहभागी हुन इनरुवा पुगेका थिए ।
मुख्यमन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर कान्छो भाइलाई श्रद्धाञ्जली दिए । मृतकका श्रीमती र दुई छोराछोरी छन् । रामप्रसाद आचार्यको आजै सुनसरी खोलामा अन्तिम संस्कार गरिएको छ । सो क्रममा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालालगायतको उपस्थिति थियो ।
भाइ गुमाएको पीडासँगै मुख्यमन्त्रीको शपथ !
सम्बन्धित
प्रतिक्रिया