बुधबार, वैशाख १०, २०८२

नेप्से ३ हजार ९४ दशमलव ५ अंकमा सीमित, सातामा ४१ अर्ब ६३ करोडको कारोबार

नेपालखोज २०७८ भदौ ११ गते १२:१७

काठमाडौं । यो साता नेप्से लगानीकर्ताहरुको लागि खासै सुखद देखिएन । पाँच कार्य दिनमध्ये लगातार दुई कार्य दिन नेप्सेको नियमित कारोबार कक्ष सार्वजनिक बिदा परेका कारण बन्द रहेको थियो ।

खुलेको तीन कार्य दिनमा पनि तेस्रो र चौथो कार्य दिन नेप्से उच्च अंकले घटेको थियो भने अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढेको थियो ।

सोही आधारमा यो साता नेप्से तीन हजार ९४ दशमलव पाँच अंकमा सीमित हुुन पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७१ दशमलव ३९ अंकमा सीमित हुन पुगेको छ ।

जसअनुसार सातामा दुुई सय ३२ वटा कम्पनीहरुको चार लाख छ हजार आठ सय २३ पटक सेयर कारोबार भएका छन् । उक्त किनबेचका आधारमा छ करोड ६६ लाख छ हजार चार सय ७९ कित्ता सेयर खरिद बिक्री हुुँदा कुल कारोबार रकम ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार तीन सय ५६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा झन्डै ५० अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा दुुई सय २९ वटा कम्पनीहरुको आठ लाख ८७ हजार २१ पटक सेयर कारोबार भएका थिए । उक्त कारोबारका आधारमा १६ करोड २२ लाख चार हजार तीन सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ९७ अर्ब ५९ करोड ६१ लाख ३७ हजार आठ सय ६६ रुपैयाँ पुगेको थियो ।

कारोबार खुलेको तीन कार्य दिनमध्येमा तेस्रो दिन ५६ दशमलव तीन अंकले घटेर तीन हजार एक सय २४ दशमलव ८७ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिनसम्म आईपुग्दा १७ दशमलव छ अंकले बढेर तीन हजार ९४ दशमलव पाँच अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तेस्रो दिन १२ दशमलव ८१ अंंकले घटेर पाँच सय ७७ दशमलव ६६ अंकमा झरेकोमा अन्तिम कारोबार दिन तीन दशमलव चार अंकले बढेर पाँच सय ७१ दशमलव ३९ अंकमा सीमित हुन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा, अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, आदि परेका छन् । यसैगरी सेयर कारोबार भएका संख्याको आधारमा पनि अरुण कावेली पावर लिमिटेड आदि, नेशनल हाईड्रो पावर कम्पनी आदि परेका छन् ।

पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरणतर्फ भने सुर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र अपी पावर लिमिटेडको हकप्रद सेयर सुचीकृत भएका छन् ।

प्रतिक्रिया